प्रदेश १ मा १३५ जनामा कोरोना संक्रमण
Published:
by .विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना संक्रमण भएको छ । ३७५ जनाको पीसीआर परीक्षण गर्दा १०५ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३५, मोरङमा ३३, सुनसरीमा १३, इलाममा ४, उदयपुर र धनकुटामा ३–३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।
झापाको दमकमा ८, विर्तामोड र कनकाईमा ५–५, बाहृदशी, भद्रपुर र झापा गाउँपालिकामा ३–३, अर्जुनधारा र गौरादहमा २–२, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका र शिवसताक्षीमा १–१, मोरङको विराटनगरमा १०, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ६–६, उर्लाबारीमा ३, ग्रामथान र रतुवामाईमा २–२, कानेपोखरी, बेलबारी र बुढीगंगा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ५, कोशी गाउँपालिकामा ३, रामधुनीमा २, इनरुवा, धरान र दुहवीमा १–१, इलामको माईमा २, देउमाई र चुलाचुलीमा १–१, उदयपुरको त्रियुगामा २, उदयपुरगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र पाख्रिबासमा १–१, पाँचथरको तुम्मेवा र मिक्लाजुङमा १–१, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज ६३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९४ महिला र ३४४ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ९४३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments