काठमाडौं महानगरमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई फाइजर खोपको दोस्रो मात्रा
Published:
by .काठमाडौं– काठमाडौं महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिने भएको छ।
महानगरपालिकाले ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको जनाएको छ। १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ।
तोकिएको मितिमा शनिबारबाहेक अरु सबै दिन बिहान १० बजेदेखि दिउँसोको ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। खोप कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न महानगरले आग्रह गरेको छ।
Comments