अफ्रिका कप अफ नेसन्सको उपाधि पहिलो पटक सेनेगललाई
Published:
by .एजेन्सी, अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले पहिलो पटक जितेको छ। क्यामरुनमा आइतबार राति सम्पन्न फाइनल खेलमा इजिप्टलाई टाइब्रेकरमा हराउँदै सेनेगलले उपाधि जितेको हो।
खेलको सातौं मिनेटमै सेनेगलले पेनाल्टीको अवसर पाएको थियो। तर, फरवार्ड साडियो मानेले पेनाटीको अवसरमा गोल गर्न नसकेपछि खेल बराबरी भएको थियो।
निर्धारित ९० मिनेटसम्म पनि कुनै गोल भएन। त्यस्तै, थपिएको अतिरिक्त समय सकिँदा पनि खेलको नजिता गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा लम्बिएको थियो।
पेनाल्टी सुटआउटमा इजिप्टका दुई खेलाडीले गोल गर्न नसकेपछि सेनेगलले ४-२ ले खेल जितेको हो। उसले प्रतियोगिता सुरु भएको ६० वर्षपछि पहिलो पटक उपाधि जितेको हो।
यसअघि दुई पटक फाइनलसम्मको यात्र गरिसकेको भएपनि उसले उपाधि जित्न सकेको थिएन।
‘म धेरै भावुक छु। किनभने सेनेगललमा मान्छेहरु ६० वर्ष देखि यो उपाधिको खोजिमा थिए,’ उपाधि जितेपछि सेनेगलका प्रशिक्षक अलिओउ सिसेले भने, ‘यदी तपाइँ कडा मेहेनेत गर्नुहुन्छ भने तपाइँले चाहेको पाउनुहुन्छ।’
Comments