Sajhamanch Archive

कति पर्यो अहिलेसम्म जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन ?

Published: (Updated: ) in अर्थतन्त्र, by .

काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार साँझसम्म ४४ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

कम्पनीले गत माघ २१ गतेबाट ५ करोड २२ लाख रुपैयाँको आईपीओमा आवेदन खुला गरेको छ। कम्पनीले १०० अंकित दरका कुल ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गरेको छ।

जसमध्ये जारीपुँजीको ०.५ प्रतिशतले हुन आउने ८ हजार कित्ता कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशतले हुन आउने २६ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणका आवेदन दिन पाउनेछन्।

सीडीएससीका अनुसार आइतबार साँझ ५ बजेसम्म यो आईपीओमा १७ लाख ५४ हजार ५१७ आवेदकले २ करोड १७ लाख ४९ हजार ४९० कित्ता सेयर माग गरेका छन्। जुन कुल मागको ४४.५८ गुणाले बढी हो।

यो आईपीओमा मागभन्दा बढी आवेदन परिसकेका कारण यसको बाँडफाँड गोलाप्रथाबाट हुने निश्चित भएको छ। जसअनुसार गोलाप्रथाबाट भाग्यमानी ४८ हजार ७९० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

यो आईपीओ लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २०० कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिँदा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयर पोर्टलबाट आवेदन दिन सकिनेछ।

यो आईपीओको निष्कासन बन्द माघ २५ गते हुनेछ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत माघ ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्कासनका लागि यस संस्थालाई इक्रा नेपालले (इक्रा–आईआर) बीबी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *