Sajhamanch Archive

सरकारले वैशाख ३० गतेका लागि तोक्यो स्थानीय तह निर्वाचनको मिति

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।

एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो।

निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको थियो। तर,  सरकारले सोमबार आयोगसँग छलफल गरेर ३० वैशाखमै स्थानीय तह निर्वाचन मिति तोकेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *