सामाजिक काममा निर्माण व्यवसायी खरेल, लगाइदिए निजी खर्चमा विजुली
Published: (Updated: )
by .शिवसताक्षी । झापा शिवसताक्षी ११ स्थित सतासीधाम सामुदायिक अध्ययन केन्द्र दक्षिण चार फेस विजुलीको तार लगाएको छ ।
शिवसताक्षी ११ दूधेका निर्माण व्यवसायी देवेन्द्र खरेलले एकल लगानीमा १२ ओटा विजुलीको पोलमा चार फेस विजुलीको तार लगाइदिएका हुन् ।
गाउँलेहरुलाई दुई फेस तारबाट गएको बिद्युतले सिँचाईको मोटर चल्न नसकेपछि खरेलले एक लाख बढीको लगानीमा दुई फेस विजुलीको तार थपिदिएका हुन् ।
विद्युत तार चारफेस भएपछि २५ घरपरिवारले प्रत्यक्ष लाभान्वित भएका छन् ।
खरेल शिवभक्त निर्माण सेवाका प्रोपराइटर हुन् ।
Comments