Sajhamanch Archive

बक्तृत्वकला प्रतियोगितामा प्रथम बनिन् आरजु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच महिला हिंसा न्यूनिकरणका लागि हाम्रो प्रयास विषयक बक्तृत्वकला सम्पन्न भएको छ ।

वीरता लेडी जेसीजको आयोजनामा सम्पन्न मावि स्तरीय बक्तृत्वकला प्रतियोगितामा विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिका क्षेत्रभित्रका ९ वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्राले प्रतिष्पर्धा गरेका थिए ।

नौ ओटा विद्यालयका १८ जना प्रतिष्पर्धी विद्यार्थी मध्ये अर्जुनधारा नगरपालिका अन्तरगत लक्ष्मिपूर माविमा अध्ययनरत छात्रा आरजु उप्रेती प्रथम, विर्तामोड नगरपालिका अन्तरगत बीर अमरसिंह माविकी दिक्षा न्यौपाने दोस्रो र साङ्गवेद वेदाङ्ग पाठशाला चारपानेका छात्र संकल्प पौडेल तेस्रो भएका छन् ।

विजयी विद्यार्थीलाई प्रमुख अतिथि, विशेश अतिथि लगायत अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालको अध्यक्षता तथा मेची बहुमुखि क्याम्पस भद्रपुरकी पूर्व क्याम्पस प्रमुख टिका प्याकुरेलको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा मेचीनगर लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाल, नेपाल रेडक्रस सोसाइटी झापाकी जिल्ला सदस्य सरस्वती सिटौलाले निर्णयकर्ताको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्याकुरेल, विशेष अतिथि विर्तामोड नगरपालिका शिक्षा प्रमुख युवराज पाण्डे, लेडी जेसीज २०१८ का सल्लाहकार राजकुमार पोखरेल, मदनगोपाल सुब्बा, बीरता जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, मेचीनगर लेडी जेसीजकी अध्यक्ष सुनिता पनेरु, एविसी नेपालकी झापा अध्यक्ष कञ्चना ढकाल सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक स्वस्तिका आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत अर्की संयोजक युनिता दवाडीले स्वागत तथा आस्था वाचन मिरा अधिकारी ओलीले गरेकी थिइन् ।

कार्यक्रमको औचित्यबारे लेडी जेसीजकी निवर्तमान अध्यक्ष नैनकला भट्टराईले प्रकाश पारेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *