विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टटोली ओमन यात्रामा
Published:
by .काठमाडौं– नेपाली क्रिकेट टिम आज मंगलबार ओमन प्रस्थान गर्दैछ। विश्वकप पुग्ने लक्ष्यका साथ ग्लोबल छनोट खेल्न नेपाल ओमन जान लागेको हो।
अनुभवी, युवा र नयाँ खेलाडीको मिश्रित स्क्वाड लिएर ओमनतर्फ निस्किएको टिमलाई पहिलो पटक सन्दीप लामिछानेले लिड गर्ने मौका पाएका छन्। अब उनले ओमनमा फेब्रुअरी ११ मा आयोजकविरुद्ध खेल्दा कप्तानका रुपमा उनले नेपाली सिनियर टिममा डेब्यू गर्नेछन्।
त्यति मात्र होइन, विवेक यादव र लोकेश बम पहिलो पटक टिममा परेका छन्। खेल्न पाएको अवस्थामा उनीहरुले पनि यो भ्रमणमा नेपालको टिमबाड डेब्यू गर्नेछन्। त्यसबाहेकका धेरै खेलाडी युवा छन्।
अहिलेको टिममा समेटिएका नयाँ खेलाडी हुन लोकेश बल र विवेक यादव। दुवै खेलाडीले अभ्यासमा राम्रो गरिरहेको कप्तान सन्दीप बताउँछन्। युवा मात्र होइन, टी २० टिममै अटाउन छोडेका शरद भेषावकरलाई पुवुबदुले अहिले टिममा बोलाएका छन्।
३३ वर्षका शरद अहिले पनि आफ्नो खेल्ने जोश नघटेको बताउँछन्। ‘अहिले पनि जोश घटेको छैन। साथै अहिलेको नेपाली टिम एकदमै सन्तुलित छ।
हामी सबैले अभ्यासमा पनि राम्रो खेलेका छौं। टिमलाई कसरी उत्कृष्ट बनाउनेमा सबैको ध्यान छ। टिममा सबै जनालाई आफ्नो भूमिका थाहा छ।’
विवेक यादव पहिलो पटक राष्ट्रिय टिममा परेपछि उत्साहित महशुस गरेको बताउँछन्। उनले भने, ‘पहिलो पटक टिममा परेको भए पनि मैले दबाब महशुस गरेको छैन।’
उनलाई अहिले टिमका सिनियर खेलाडीले गाइड गरिरहेका छन्। त्यसो त नेपालले सन् २०१४ को विश्वकप खेलेको उनलाई खासै याद छैन। तर, त्यसबारेको चर्चा उनले सुनेका छन्। त्यतिबेला विश्वकप नखेलेका तर अहिलेका कप्तान सन्दीपले उनलाई विशेष प्रेरणा दिइरहेका छन्।
उनले पहिलेबाट नै ६,७ नम्बरमा ब्याटिङ गरिरहेका छन्। राष्ट्रिय टिमबाट पनि त्यहि नम्बरमा अभ्यास गरिरहेका छन्। आफ्नो रोलमा गएर इनिङ सक्ने र मौका पाए जिताउने लक्ष्य रहेको विवेक बताउँछन्।
अनुभवी, युवा र नयाँ खेलाडीको मिश्रित स्क्वाड लिएर ओमनतर्फ निस्किएको टिमलाई पहिलो पटक सन्दीप लामिछानेले लिड गर्ने मौका पाएका छन्।
त्यसो त अहिले टिममा सम्मिलित सबै खेलाडीको लक्ष्य नेपाललाई विश्वकप पुर्याउने र आफू विश्वकप खेल्ने रहेको छ। यता विवेकसँगै पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा सहभागी बन्दैछन् लोकेश बम। घरेलु क्रिकेटमा पावरफुल हिटरको रुपमा लोकेश उदाएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा कसरी राम्रो गर्ने भनेर उनले प्रशिक्षकसँग सल्लाह गरिरहेको बताउँछन्। यद्यपि उनी केही नर्भस पक्कै छन्। ‘मानसिक रूपमा म पूर्ण तयार छु। बीचमा १०, १२ दिन अभ्यास गर्न पाइनँ।
त्यसले केही असर गर्यो,’ पत्रकारहरुसँगको कुराकानीमा उनले भने, ‘मैले जे पनि गरिरहेको थिएँ, राष्ट्रिय टोलीमा पर्नका लागि गरिरहेको थिएँ। त्यो सपना पूरा भयो। अब विश्वकप खेल्ने सपना छ।’
नेपाललाई आठ वर्षअघि विश्वकप खेलाएका प्रशिक्षक पुबुदु दाशानायके अहिले पनि प्रशिक्षक छन्। उनले नेपाली टिम सम्हालेको धेरै भएको छैन। तर यसबीच प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता आयोजना भइसकेका कारण उनले नेपाली खेलाडीलाई नजिकबाट हेर्ने अवसर भने पाएका छन्।
प्रशिक्षकका रुपमा विश्वकपमा पुग्नु तपाईंका लागि कति ठूलो कुरा हो र त्यसका लागि कति दबाब छरु जवाफमा प्रशिक्षक पुबुदुले भनेका छन, ‘मलाई दबाब चाहिँ छैन।
म सधैं आफ्नो अधिक दिने गर्दछु। मेरो व्यक्तिगत एजेन्डा केही छैन। मेरो नर्मल दिन जसरी नै अभ्यासमा गइरहेको छु। म त आफ्नो पूरा शक्ति लगाउनेछु। म शतप्रतिशत दिन चाहन्छु र विश्वकप पुग्न चाहन्छु। किनभने विश्वकपमा पुग्नु नेपालका लागि ठूलो अवसर हो।’
सुरुमा पुबुदुले बन्द प्रशिक्षणका लागि ३० खेलाडी बोलाएका थिए। तर खेलाडी र क्यानको विवादका कारण समयमै अभ्यास सुरु हुन सकेन। तीन दिनपछि सुरु भएको अभ्यास बीचमा प्रधानमन्त्री कपका कारण खलबली भएको थियो।
प्रधानमन्त्री कपपछि १५ खेलाडीको टिम घोषणा गरिएको थियो। त्यसमा नयाँ खेलाडी देखिए लोकेश बम। उनले प्रधामन्त्री कपको एक खेलमा १८ बलमा ६६ रन बनाएका थिए। बाँकी खेलमा पनि उनको ब्याटिङ विस्फोटक देखिएपछि उनले राष्ट्रिय टिमको यात्रा पूरा गरेका हुन्।
‘टिमबाट निकै गुणस्तरको अभ्यास सम्पन्न भएको छ। करिब १ महिना हामीले सँगै अभ्यास गरे पनि बीचमा कोभिडले केही समस्या भने गरेको थियो। यद्यपि प्रशिक्षकको टिमको राम्रो सेटअप गर्नु भएको छ।
त्यसैले राम्रो सम्भावना बोकेर अघि बढ्दैछौं,’ लामिछानेले पत्रकारसँगको कुराकानीमा भनेका छन्, ‘छनोटमा शतप्रतिशत दिने प्रयास गर्नेछौं। खेलाडीको ट्यालेन्ट, अभ्यास र सपोर्ट भइसरकेको छ, त्यसले टिममा सकारात्मक उर्जा भरेको छ।’
नेपालको विश्वकप यात्रा
आउँदो फेब्रुअरी १७ तारिखबाट ओमनमा ग्लोबल छनोट हुँदैछ। अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको अन्तिम चरणको छनोट हो। सो छनोटमा १६ टिम सहभागी छन्।
त्यसलाई समान ८–८ टिमका दुई समूहमा बाँडिएका छन्। समूह ए र समूह बी। नेपाल समूह ए मा रहेको छ। समूह ए मा रहने अन्य टिममा क्यानडा, ओमन, फिलिपिन्स, बहराइन, जर्मनी, आयरल्यान्ड र युनाइडेड अरब इमिरेट्स छन्।
छनोटमा १४ वा १६ टिम हुन्छन् भने त्यो गाह्रो कुरा रहेको प्रशिक्षक पुबुदुले बताइसकेका छन्। त्यसमा पनि नेपालको ध्यान मुख्य दुई कुरामा रहनेछ। तर ती टिमलाई साना समूहमा विभाजन गरिएको छ।
समूह ए का आठ टिमलाई पनि दुई समूहमा विभाजन गरिएको छ। समूह ए र समूह बी। नेपाल समूह ए को ए मै रहेको छ। समूह ए मा नेपालसहित क्यानडा, ओमन र फिलिपिन्स छन्। बाँकी चार टिम समूह बीमा छन्।
सुरुमा पुबुदुले बन्द प्रशिक्षणका लागि ३० खेलाडी बोलाएका थिए। तर खेलाडी र क्यानको विवादका कारण समयमै अभ्यास सुरु हुन सकेन। तीन दिनपछि सुरु भएको अभ्यास बीचमा प्रधानमन्त्री कपका कारण खलबली भएको थियो।
अब छनोट खेलमा सबैभन्दा पहिला समूह ए का सबै टिमले आपसमा १–१ खेल खेल्नेछन्। त्यसरी खेल्दा सबै टिमले समान ३–३ खेल खेल्नेछन्। ती खेलबाट शीर्ष दुईमा रहने टिम समूह १ को सेमिफाइनलमा पुग्नेछ।
यो छनोट ओमनको भूमिमा भइरहेकाले उसलाई घरेलु समर्थन हुनेछ। त्यसैले ओमनविरुद्धको खेल नेपाली टिमका लागि मुख्य चुनौति हुनेछ समूह चरण पार गर्नका लागि शीर्ष दुईमा पर्नु पर्नेछ।
समूह चरण पार गरेपछि सेमिफाइनल खेलाइनेछ। सेमिफाइनलमा समूह बीबाट पनि दुई टिम पुग्नेछन्। सेमिफाइनलमा जित निकाल्ने टिमले फाइनल खेल्ने पाउनेछ। त्यो सेमिफाइनल खेल नेपालको अर्को ठूलो चुनौति हुनेछ। त्यसैले अनुभवी खेलाडी शरदले नेपाल विश्वकपबाट दुई खुड्किाला पछि रहेको बताएका छन्।
सेमिफाइनल पार गरेर फाइनल खेल्ने दुवै टिमले विश्वकप खेल्न पाउनेछन्। फाइनलमा हार बेहोरे पनि जित निकाले पनि त्यो टिमले आगामी संस्करणको विश्वकप खेल्नेछ।
नेपालको समूहमा ओमनसँगै क्यानडा पनि बलियो प्रतिद्वन्द्वी हो। उनीहरुले नेपाललाई गाह्रो पार्न सक्नेछन्। ‘ओमनले डिसेन्ट क्रिकेट खेलिरहेको छ। तर हामी पनि त्यो टिमभन्दा टाढा छैनौँ,’ प्रशिक्षक पुबुदुले केहि दिनअघि पत्रकार सम्मलनमा भनेका थिए, ‘क्यानडा पनि राम्रो टिम हो। उसले राम्रो गरिरहेको छ। फिलिपिन्सलाई पनि नराम्रो भन्न मिल्दैछ। टी–२० मा केही भन्न पनि सकिँदैन।’
त्यस्तै, अर्को समूह बी को छनोट भने जिम्बावेमा हुनेछ। त्यो छनोटमा पनि आठ टिम नै सहभागी बन्नेछन्। हङकङ, जर्सी, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, सिंगापुर, युगान्डा, अमेरिका र जिम्बावे ति आठ टिममा पर्छन्। आठ टिमबाट पनि दुई टिम विश्वकपमा पुग्नेछन्। यससँगै आगामी विश्वकपमा सहभागी हुने १६ देशको कोटा पुग्नेछ।
चार देशीय सिरिज
विश्वकप छनोटअघि नेपालले चार देशीय मैत्रीपूर्ण खेल पनि खेल्नेछ। ओमनमै हुने चार देशीय प्रतियोगितामा नेपाल, ओमन, यूएई र आयरल्यान्डका लागि छनोटका लागि महत्वपूणै छ।
यो सिरिजमा नेपालले बलिया टिमसँग खेल्न पाउनेछ। त्यो भनेको आफ्नो कमजोरी नजिकबाट हेर्ने पनि हो। ‘चार देशीय प्रतियोगिता हो। त्यहाँ बलिया टिम छन्।
बलियो टिमसँग खेल्दा हामीलाई फाइदा नै हुनेछ जस्तो लागेको छ। हामी राम्रो खेल्ने कोसिस गर्नेछौं। र यो प्रतियोगिता कसरी सेटअप भयो त्यसमा म खुसी छु,’ पुबुदु भन्छन्।
नेपालको समूहमा ओमनसँगै क्यानडा पनि बलियो प्रतिद्वन्द्वी हो। उनीहरुले नेपाललाई गाह्रो पार्न सक्नेछन्। त्यस्तै, यो चार देशीय सिरिजमा सन्दीपले पनि कप्तानीका रुपमा आफूलाई परीक्षण गर्ने अवसर पाउनेछन्।
सिरिजको पहिलो दिन फेब्रुअरी ११ मा नेपालले आयोजक ओमनको सामना गर्नेछ। कप्तान लामिछानेले चार देशीय सिरिजनमा सबै खेलाडीलाई उति नै अवसर दिने बताएका छन्।
र, त्यो प्रतियोगिताबाट बेस्ट पोसिबल छान्ने पनि बताएका छन्। सबै खेलाडी अनुभवी भएकाले आफूलाई कप्तान गर्न गाह्रो नहुने उनको आकलन छ।
नेपालको खेल तालिकाः
चारदेशीय सिरिज
माघ २८– नेपाल र ओमान
माघ २९– नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई)
फागुन २– नेपाल र आयरल्यान्ड
टी–२० विश्वकप छनोट
फागुन ६– नेपाल र ओमान
फागुन ७– नेपाल र फिलिपिन्स
फागुन ९– नेपाल र क्यानडा
फागुन १०– पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)
फागुन १०– दोस्रो सेमिफाइन )समूह बी को विजेता र समूह ए को उपविजेता)
फागुन १२– फाइनल (दुवै सेमिफाइनलका विजजेता)
नेपाली क्रिकेट टिम
सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जितेन्द्र मुखिया, अभिनास बोहरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, विवेक यादव, प्रदिप ऐरी, सागर ढकाल र लोकेश बम
Comments