१६.३० अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोड रुपैयाँको कारोबार
Published:
by .काठमाडौं– मंगलबार सेयर बजार परिसूचक नेप्से १६.३० अंकले घटेर २८३५ अंकमा अडिएको छ।
कारोबार खुलेको ५ मिनेटमै परिसूचक बढेर २९२१ अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्म ओरालो लागेको थियो। आज बजारमा कुल ६ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ। हिजो सोमबार ५ अर्ब २ करोडको कारोबार हुँदा परिसूचक १५ अंकले बढेको थियो।
आज बैंकिङ ६, विकास बैंक ५१, फाइनान्स ९, जलविद्युत ५३, जीवन बिमा १६८, माइक्रोफाइनान्स ३५ र अन्य उपसमूह २ अंकले घटेको छ। त्यस्तै व्यापार २, निर्जीवन बिमा ५६, उत्पादन २७ र होटल तथा पर्यटन ३ अंकले बढेको छ।
४० कम्पनीको मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ। ११ कम्पनीको मूल्य भने स्थिर रह्यो। कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर, अपी पावर, निफ्रा, माथिल्लो तामाकोसी र जलविद्युत लगानी तथा विकास कम्पनी अगाडि रहे।
Comments