कमल गाउँपालिकामा निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा सुरु
Published: (Updated: )
by .कमल । कमल गाउँपालिकामाल निःशुल्क ५० दिने लोकसेवा तयारी कक्षा आजबाट सुरु भएको छ ।
गाउँपालिकाबासीका भित्रका निजामति क्षेत्रमा काम गर्न इच्छुकलाई लोकसोवा परीक्षाकामा सहयोग होस् भन्ने उद्देश्यले लोकसेवा तयारी कक्षा सञ्चालन गरिरएको हो । तयारी कक्षा कमल ५ स्थित कोभिड अस्पतालको सभाहलमा सुरु गरिएको हो ।
आफ्नै पालिका भित्रबाट सरकारी निकायमा दक्ष जनशक्ति उत्पादनका लागि गाउँपालिकाले वार्षिक कार्यक्रम नै बनाएर वर्षेनी लोक सेवा तयारी कक्षा सञ्चालन गर्दै आएको कमल गाउँपालिकाले जनाएको छ । यस वर्ष लोकसेवा तयारी कक्षा ५० जनाले सहभागिता जनाएका छन् ।
तयारी कक्षा निरन्तर ५० दिनसम्म सञ्चालन हुने छ । लोकसेवा तयारी कक्षाकोे गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले सोमबार उद्घाटन गरेकी हुन् ।
गाउँपालिकाका गरीब तथा जेहन्दार लोकसेवा तायरी कक्षाका लागि टाडा जानु पर्ने बाध्यता समेत रहेकोले पैसा तिर्न नसक्ने र लोकसेवा पास गरी सरकारी सेवामा काम गर्ने ईच्छुक यूवाहरुका लागि लक्षित गरेर तालिम सन्चालन गरीएको गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटीले बताए ।
केहि वर्ष अघिसम्म लोकसेवा क्षेत्रमा नेपालको पश्चिमी क्षेत्रका नागरिकको मात्रै चासो रहने गरेकोमा पूर्वमा पनि यसको महत्व विस्तार गर्न समेत यो कार्यक्रमले मद्दत पुर्याउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईले बताए ।
Comments