Sajhamanch Archive

राष्ट्रिय भूमि आयोग र बिर्तामोड नगरपालिकाबीच सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता

Published: (Updated: ) in विविधा, स्थानीय तह by .

झापा । राष्ट्रिय भुमि आयोग र बिर्तामोड नगरपालिका विच भूमिहिन दलित,भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता भएको छ ।

आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोग विच दुई पक्षिय सम्झौता भएको हो । सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलक सिंह पाण्डे,सदस्य दाताराम खनाल,बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा नगरपालिकाले भूमिहिन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्ने जनाइएको छ । यस पछि दुवै पक्षले जग्गाको पहिचान र छनोट गर्ने उल्लेख गरीएको छ ।

राष्ट्रिय भुमि आयोगले दोश्रो चरणमा बिर्तामोड नगरपालिकालाई छनोट गरेको हो ।आयोगले पहिलो चरण अन्तर्गत जिल्लाको दमक,कनकाई,शिवसताक्षी र वुद्वशान्तिलाई छनोट गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *