खुल्यो आजबाट इमर्जिङ्ग नेपालको आईपीयो बिक्री
Published:
by .काठमाडौं– इमर्जिङ्ग नेपाल लिमिटेडले आजबाट आईपीयो बिक्री खुला गरेको छ। कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीयो) को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गर्ने साधारण सेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहने पाँच लाख १६ हजार ७०८ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीयोमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ।
आवेदन सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोशेयर वेबसाइट तथा एपमार्फत दिन सकिनेछ। क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई डबल बि प्लस रेटिङ प्रदान गरेको छ।
Comments