Sajhamanch Archive

खोपको विवरण आज बेलुकासम्म बुझाइसक्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाण्डौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई आज बेलुकासम्म अनिवार्य रुपमा खोपको विवरण बुझाउन पत्राचार गरेको छ ।

यसअघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए । तर ६ वटा जिल्ला तथा १०९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि मन्त्रालयले पुन सूचना जारी गरेको हो ।

खोपको मात्राको विवरण नपठाएका निकायलाई आज कार्यालय समयभित्र अनिवार्य रुपमा पठाउन भनिएको छ । खोपको अभिलेख राख्नका लागि गएको माघ १६ गते स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *