सफल भयो इलामको सुकीलुम्बा विमानस्थलमा परीक्षण उडान
Published:
by .इलाम, इलामको फाल्गुनन्द सुकीलुम्बा विमानस्थलमा उडान परीक्षण भएको छ। नेपाल वायुसेवा निगमको ट्वीन अटर जहाजमार्फत उडान परीक्षण भएको हो।
नेपाल वायुसेवा निगमका अपरेसन प्रमुख दीपुराज ज्वारचनले बिहान १० बजे सफल परीक्षण भएको जानकारी दिएका छन्।
निगमको ट्विन अट्टर ९९एन एबीटी० विमानद्वारा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ९ः०५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १०ः०२ मिनेटमा सकुशल अवतरण गरी सफल परीक्षण उडान सम्पन्न भएको वायुसेवा निगमले जनाएको छ।
परीक्षण उडान गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विशेष निर्देशन दिएका थिए।
उक्त परीक्षण उडानको प्रतिवेदन तयार भएपश्चात सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी निगमले नियमित उडान सञ्चालनको तयारीको प्रक्रिया अघि बढाउने भएको छ।
उक्त सफल परीक्षण उडान सम्पन्न भएकोमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापनको तर्फबाट चालकदल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण समेतका सम्पूर्ण प्राविधिक टोलीलाई धन्यवाद ज्ञापन गरेका छन्।
Comments