बीमा समिति र अर्थमन्त्रालयको हानाथापले कोरोना बीमा भुक्तानी कसले दिने भन्नेमा अन्योल
Published:
by .काठमाडौं, कोरोना भाइरसबाट संक्रमितलाई उपलब्ध गराउने भनेको बीमा बापतको भुक्तानी डेढ वर्ष वित्दा पनि अझै भुक्तानी हुन सकेको छैन्।
सरकारले उपलब्ध गराउनु पर्ने झण्डै ११ अर्व रुपियाँ जोहो कहाँबाट गर्ने अन्योल भएका कारण बीमाको भुक्तानी रोकिएको छ ।
बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार ११ अर्ब रुपियाँ सरकारले उपलब्ध गराउन बाँकी रहेको छ ।
बीमा कम्पनीहरुले प्रिमियम बापतको साढे तीन अर्व रुपियाँ बराबरको कोरोना बीमा भुक्तनी गरे पनि बाँकी रहेको ११ अर्व रकम सरकारले तिर्नुपर्ने अधिकारी बताउँछन् ।
अर्थ मन्त्रालयले बीमाको ’’सिद्धान्त भन्दा बाहिर गएर’’ बीमा रकम भुक्तानी गर्ने निर्णय गरिएका कारण समस्या परेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रितेश शाक्यका अनुसार अहिले मन्त्रालयमा कोरोना बीमा भुक्तानी कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।
सरकारले मात्र ११ अर्व बीमा भुक्तानी गर्न सक्दैन् । यसकारण कसरी यो रकमलाई व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ’ उनले भने यसमा बीमा समितिले कति तिर्ने, बीमा कम्पनीले कति तिर्नेरु यो विषयमा छलफल जारी छ ।
’सरकारको भागमा पर्ने रकम उपलब्ध गराइने शाक्य बताउँछन् । तर, अहिलेकै अवस्थामा ११ खर्व रुपैँया सबै सरकारले उपलब्ध गराउन नसक्ने उनको भनाइ छ ।
तर, बीमा समितिले भने ढिला भए पनि बीमितले पाउनुपर्ने भुक्तानी प्राप्त गर्ने जनाएको छ ।
बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सरकारले कोरोना भुक्तानीको रकम उपलब्ध नगराएकाले समस्या भइरहेको बताउँछन् ।
बीमा समिति,बीमा कम्पनी,पुनर्विमा कम्पनीहरुmले प्रिमियम बापतको साढे तीन अर्व रुपियाँ भुक्तानी गरिसेको उनको भनाइ छ ।
साढे तीन अर्व बढीको भुक्तानी सरकारले गर्ने भन्ने उल्लेख नै भएकाले बाँकी रकम उपलब्ध गराउन अर्थमन्त्रालयमा दुई पटक पत्र समेत पठाइएको अधिकारीले बताए ।
‘कोरोना बीमा भुक्तनीको सम्बन्धमा दुईवटा नियमका आधारका कोरोना बीमा गरिएको थियो । कतिपयको एक लाखसम्मको कोरोना बीमा रहेको छ भने कतिपयको २५ हजारसम्म्को बीमा रहेको छ,अधिकारीले भने साढे तीन अर्वसम्मको बीमा कम्पनीहरुले भुक्तान गरेकाले बाँकी रहेको रकम सरकारको भागमा रहेको छ । ’
कोरोना बिमा मापदण्ड २०७७ मा साढे तीन अर्ब रुपियाँभन्दा माथिको रकम सरकारले ब्यहोर्ने प्रष्ट व्यवस्था छ । २०७७ कै साउन १६ गते अर्थ मन्त्रालयले साँढे तीन अर्ब रुपियाँभन्दा माथि ब्यहोर्ने सचिवस्तरीय निर्णय भएको थियो ।
तर, कोरोना बीमा बापत सरकारले ब्यहोर्नुपर्ने रकम ११ अर्ब ८२ करोड पुगेको छ । यो रकम कहिले भुक्तान हुन्छ, अर्थ मन्त्रालयसँग स्पष्ट जवाफ नै छैन ।
कोभिड महामारीको पहिलो चरणमा नै कोरोनाका बिरामीलाई बीमा गरे बापत एक लाख रुपैँया दिने घोषणा बीमा कम्पनी आफैले गरेका हुन् ।
बीमा कम्पनीले महामारी फैलिएपछि भने अत्तालिएर यो योजना नै बन्द गर्न खोजे । तर, सरकारले योजना बन्द नगर्न आग्रह मात्रै गरेन, बीमा कम्पनीले ब्यहोर्न नसक्ने रकम आफैले तिरिदिने वचन समेत दियो ।
बीमा समितिका अनुसार एक लाख ६१ हजार ५ सय ४९ जनाले कोरोना बिमा दाबी गरेका छन् । यो दाबी अनुसार बीमा कम्पनीले भुक्तान गर्नुपर्ने रकम १५ अर्ब ३२ करोड रुपैंया हुन आउँछ ।
अहिलेसम्म ५५ हजारको हाराहारीले कोरोना बीमा बापतको रकम पाएको अधिकारीको भनाइ छ ।बाँकीलाई पनि ढीलो चाँडो कोरोना बीमा बापतको रकम उपलब्ध गाउने उनी बताउँछन् ।
बीमा कम्पनीहरुले एक अर्ब २८ करोड र कोरोना बिमाको लागि स्थापना गरेको कोष अर्थात पुलबाट ३ अर्ब ५० करोड भुक्तान भएको छ । जबकी कोरोना बीमा बापत संकलन भएको रकम भने एक अर्ब रुपैंया मात्रै हो ।
Comments