Sajhamanch Archive

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८५ पुग्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौ, सरकारले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बृद्धि गरेको छ।

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ।

बुधबार बसेको डीडीसी सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ पुर्याएको हो। यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो।

बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले पाउने छन् भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा उद्योगीले पाउने सरकारले जनाएको छ।

मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर दूधको मूल्य ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *