Sajhamanch Archive

नेपालले आज ओमानसँग प्रतिष्पर्धा गर्ने

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार by .

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो । त्यसकारण पनि यस खेललाई निकै महत्वपूर्णका साथ हेरिएको छ । खेल ओमानको मस्कटस्थित अल अमारतमा रहेको ओमान क्रिकेट एकेडेमीको मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपालले गत असोजमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय शृङ्खला पनि सोही मैदानमा खेलेको थियो । तर ट्वान्टी–२० अन्तर्राष्ट्रिय भने १० अक्टोबर २०१९ पछि पहिलोपटक खेल्न लागेको हो । ओमानमै सम्पन्न खेलमा नेपाल ओमानसँग ६ विकेट पराजित भएको थियो ।

ग्लोबल क्वालिफायरमा पनि ओमन नेपाल एकै समूहमा परेका छन् । त्यसकारण पनि आजको खेल जित्दै प्रतियोगितामा मनोबल उच्च बनाउन पनि नेपालका लागि यो खेल महत्वपूर्ण हुनेछ । ग्लोबल क्वालियर ‘ए’ को समूह दुईमा ओमान, नेपाल क्यानडा र फिलिपिन्स रहेका छन् । समूह एकमा बहराइन, जर्मनी, आयरल्यान्ड र युनाइटेड अरब इमिरेट्स (युएईं) छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *