Sajhamanch Archive

एमसिसीबारे ओलीको जवाफ गैरजिम्मेवार : अध्यक्ष दाहालको सचिवालय

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले एमसिसीबारे एमाले अध्यक्ष केपी ओलीले गैरजिम्मेवार जवाफ पठाएको टिप्पणी गरेको छ ।

दाहालका स्वकिय सचिव रमेश मल्लले ओली र दाहालबीच बिहीबार साँझ फोन संवाद भएको भन्दै दाहालले निर्वाचन पछि लैजाने कुरा गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘अध्यक्ष कमरेड दाहालले, ‘एमसिसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं ।

यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसिसीमा दलहरूबीच र राष्ट्रिय रूपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं’ भन्नुभएको हो ।’

तर, ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको दाहालको सचिवालयको आरोप छ । मल्लले अघि भनको छन्, तर, अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक लिनु भएन ।

उहाँले बरु तपाईंहरूसँग बहुमत छ, पास गर्नुस् । तर, गैर संसदमा रहँदासम्म संसद चल्न भने दिन्नौं भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो । यसबारे अरू कुनै भ्रम रहन जरुरी छैन ।’

यसअघि बिहीबार साँझ दाहालले ओलीलाई फोन मार्फत् एमसिसीबारे निर्णयमा पुग्न आग्रह गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका थिए ।

‘एमसिसीमा तपाईंले निर्णय नगरी भएन’, दाहालले ओलीलाई गरेको आग्रह उद्धृत गर्दै रिजालले भनेका थिए, ‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर वचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ ।

अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नुस् । नेकपा (एमाले) त निर्णय गरिहाल्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *