Sajhamanch Archive

वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा अभियान अन्तर्गत विद्यालयको अनुगमन

Published: (Updated: ) in शिक्षा, समाज, स्थानीय तह by .

कमल । झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहको रुपमा घोषणा अभियान अन्तर्गत विद्यालयको अनुगमन सुरु गरेको छ ।

“खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा गर्ने कार्यक्रम अन्तरगत विद्यालयको अनुगमन सुरु गरेको हो ।

जनप्रतिनिधी, विषयगत शाखाका प्रमुख, राजनीतिकदलका प्रतिनिधी, संघसस्थाका प्रतिनिधि कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
अनुगमनका, संचारकर्मी र सुरक्षाकर्मी सम्मिलित सर्बपक्षिय अनुगमन समितीले अनुगमन गरेको क्रममा ३ देखि ४ वर्ष सम्मका बालबालिका प्रारम्भिक बालविकास कक्षामा भर्ना शतप्रतिशत हुनुपर्ने, ५ वर्ष पुरा भएका बालबालिका कक्षा १ मा शतप्रतिशत भर्ना भएको हुनुपर्ने, ५ वर्ष देखि १४ वर्ष उमेर पुगेका वालबालिकाले आधारभुत शिक्षा पुरा गर्नुपर्ने ।

प्रत्येक विद्यालयमा खानेपानीको सुविधा हुर्नुे, पुर्वाधार विकास हुनुपर्ने, विद्यालय हाताभित्र पुर्णरुपमा सरसफई हुनुपर्ने, शिक्षक विध्यार्थी बिचको सम्वन्ध सुमधुर हुनुपर्ने लगायत १६ वटा सुचक पुरागर्नुपर्ने लगायतका विषयमा अनुगमन गरिएको थियो ।

पहिलोपटक गरिएको अनुगमन अन्तरगत वडा नम्वर २ स्थित ज्योति माध्यमिक विद्यालय र वडा नम्वर ४ मा रहेका सरस्वती माध्यमिक विद्यालय, ज्योती आधारभुत विध्यालय र संस्थागत विद्यालयतर्फ फोनिक्स माध्यमिक विद्यालयको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *