घरमै तान राखेर उद्यमी बन्दै शिवसताक्षीका महिला
Published: (Updated: )
by .दोमुखा । शिवसताक्षी १० दोमुखाका धेरैमहिलाहरु अहिले सिलाई–बुनाईका काममा व्यस्त छन् । कत्तिजनाले आफ्नै घरमा लुगा सिलाउने मेसिन, ढाकाको कपडा बुन्ने तान, राखेर घरबाटै व्यवसाय सुरु गरेका छन् ।
जसबाट उनीहरुलाई आर्थिक रुपमा सहयोग पनि पुगिरहेको छ र उनीहरुको काम र प्रयासलाई देखेर गाउँका अन्य महिलाहरु पनि प्रेरित भएका छन् ।
शिवसताक्षी १० की राजकुमारी राईले आफ्नै घरमा ढाकाको साडी बुन्ने तान ल्याएर बुन्न सुरु गरेको बर्षा हुन लाग्यो । उनी पहिला विदेश बसेर अब नेपालमानै बस्ने र केहि गर्ने सोचमा फर्केकी हुन् । केहि गर्छु भन्ने सोचले नेपाल फर्के पनि काम सुरु गर्नलाई भने सहज थिएन, आफु सँग पर्र्याप्त लगानि नभए पछि फेरि विदेशनै जाने सोच पनि नआएको हैन । तर कोभिडको कारण सबै योजनाहरु ठप्प भयो । त्यसपछि लकडाउनको समयमा उनी ढाका बुन्नेकाम सिक्न थालिन् । उनी भन्छिन्, मेहेनेत र लगनशिलता भए जस्तैकाम पनि सजिलै गर्न सकिन्छ । अहिले उनले आफु सुत्ने कोठाकै एक छेउमा दुईओटा तान राखेर काम गरिरहेकी छिन् ।
आफुले गरेको कामबाट छोरीको पढाई खर्च देखि घर खर्च सम्म चलाउन सकिएको उनको भनाई छ । राजकुमारी भन्छिन् “धागोको काम हो कहिलेकाहि अल्छि पनि लाग्छ, कहिले बुन्दा–बुन्दै धागो चुडिन्छ जोड्नलाई गारो पर्छ तर मेहेनत र समय लगाएर त्यसैकामलाई निरन्तरता दिदा आम्दानी पनि ठिकै हुन्छ” । उनले गाउँका अरु महिलाहरुलाई पनि तालिम दिन सुरु गरेकी छिन् । गाउँमा उनको कामलाई देखेर महिलाहरु प्रोत्साहित भएकाछन् भने धेरै जनाले काम सिकेर बुन्न सुरुपनि गरीसकेका छन् । राजकुमारीको आमा जस्मिन राई पनि छोरीले गरेको काममा हौसला दिदै अहिले ढाकाको कोट बुन्न थालेकीछन् । अहिले बजारमा ढाका को साडि, कोट र बर्कि जस्तो ढाकाको सामानहरुको माग धेरै बढिरहेको कारण तयार भएको सामाग्री विक्री गर्न नसकिएला कि भन्ने डर भने छैन । राजकुमारी भन्छिन् “मेरो त धेरै अडरकै कपडाहरु हुन्छ र कुनै गाउँमा बिक्रि भएन भने दमक बजार लान्छु” लगानी अनुसारको आम्दानी पनि हुने कुरा उनि बताउँछन् । कामलाई अलि बढि समय दिनुपर्ने भएको कारण कहिले काहि समयदिन नपाउदा अडरको सामानहरु समयमा नसकिने समस्या पनि हुन्छ ।
सरिता राई पनि ३ महिनाको सिलाई बुनाई तालिम सकेर आफ्नै घरमा “सरिता टेलर” खोलेका छन् । सुरुवातमा धेरै कपडाहरु आउँदैन थियो त्यसपछि उन्ले त्यहि पसलमा रेडिमेट कपडा र केहि कस्मेटिकका सामानलाई पनि थपेर पसल बढाए । अहिले सिलाउनको लागि कपडाहरु पनि धेरै आउने गर्छ र कहिले काहि भनेको समयमा कपडा तयार गर्न पनि कठिन पर्ने सरिता बताउँछिन् । उनले अहिले डल बुन्न पनि सिकेकी छिन् र बुनेर आफ्नै पसलमा बेच्न राख्छिन् । एक्लै यो सबै गर्न भ्याउनु हुन्छ भनेर प्रश्न गर्दा उनी भन्छिन् “अरु केहि काम छैन, पसल मात्र त हो, पसलमा मान्छे आउँछन्, एक्छिन् लुगा सिलाउछु, यसो खालि समय हँुदा चाहि डल पनि बुन्छु” । आफु सँग यदि केहि सीप छ भने त्यको लागि धेरै समय नचाहिने तर घरको कामलाई भ्याएर पनि बाकिसमयमा काम गर्न सकिने उनले बताएकी छिन् ।
महिलाहरु पनि उद्यमीबन्न सक्छन् भन्नेकुरा आजको लागि कुनै नौलो विषय भने रहेन । हिजोको जस्तो महिलालाई घर भित्र कै काममा मात्र सिमित राख्ने र बाहिरको काम पुरुषले गर्ने भन्ने धारणामा परिवर्तन आउन थाले सँगै महिलाहरु पनि विभिन्न काम व्यवसाय गरेर आफु सक्षम बन्न थालेका छन् । महिलाहरुमा पनि पुरुषहरु जत्तिकै काम गर्ने क्षमता हुन्छ फरक यति मात्र हो महिलाहरुलाई अझैपनि पुग्दो हौसला मिलिरहको छैन । सबैको हौसला भए महिलाहरुले घरमै बसेर आय आर्जन गर्न सक्छन् भन्ने उदाहरण शिवतसाक्षीका महिलाहरुले देखाएका छन् ।
Comments