Sajhamanch Archive

भद्रपुरमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन

Published: (Updated: ) in विविधा, समाज, स्थानीय तह by .

भद्रपुर । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह झपाको भद्रपुर नगरपालिकाले आदेखि ज्येष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

नगरका ज्येष्ठ नागरिकलाई सहज र सुलभ ढंगले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भद्रपुरको वार्ड नं ६ मा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिए ।

आज एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ तथा वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर बरुवालले संयुक्त रुपमा सो स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका हुन् ।

दैनिक आलोपालो विशेषज्ञ चिकित्सक, स्टाफ नर्ससमेतको सेवा रहने बताइएको सो जेष्ठ नागरिक स्वास्थ्य केन्द्रको भवन अघिल्लो वर्ष नै निर्माण सम्पन्न भएको थियो । स्वास्थ्य केन्द्रबाट सामान्य चेकजाँच र औषधि निशुल्क रुपमा उपलब्ध हुने स्वास्थ्य शाखा फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *