Sajhamanch Archive

चार देशीय टि-२० सिरिज अन्तर्गत लगातार दोस्रो जीतको खोजीमा नेपाल

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौ, ओमान जारी चारदेशीय अन्तर्राष्ट्रिय टि-२० सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमरेत क्रिकेट मैदानमा हुने यो खेल बिहान पौने १२ बजे सुरु हुनेछ ।

नेपाल युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जीत निकाल्न चाहन्छ । पहिलो खेल नेपालले आयोजक ओमानलाई ६ विकेटले हराएको थियो ।

युएई पनि नेपाललाई पराजित गर्दै सुखद् सुरूवात गर्ने दाउमा हुनेछ । हालसम्म यी दुईले तीन टि-२० अन्तर्राष्ट्रिय खेल खेल्दा नेपाल दुई र युएई एक खेलमा विजयी भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *