Sajhamanch Archive

पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु हुँदा ८३६ कोरोना संक्रमित थपिए

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ६५४ जनामा गरिएको परीक्षणका क्रममा ८३६ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टामा ४ हजार २६० जनाको पीसीआर गर्दा ४९१ र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३४५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सोही अवधिमा १८२६ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार १०२ रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *