Sajhamanch Archive

चाडपर्व आउँदै गर्दा अर्जुनधाराबासीमा सुरक्षा चिन्ता

Published: in स्थानीय तह by .

अर्जुनधारा । राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न क्षेत्रका अगुवाहरुले अर्जुनधारा नगरपालिका वडा नं. १ को खुदुनाबारीमा प्रहरी चौकी स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

नजिकिँदै गरेका मुख्य चाडपर्वहरुमा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउने बारे आयोजित छलफलमा वडा नं. १ को खुदुनाबारीबाट सशस्त्र प्रहरीको वेस क्याम्प उठ्न लागेकाले प्रहरी चौकी स्थापना गर्नुपर्ने माग गरिएको हो ।

नगरपालिकाको सभाकक्षमा सम्पन्न छलफलमा जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघ–संस्थाका अगुवाहरुले आफ्ना राखेका हुन् ।

नगरप्रमुख हरिकुमार रानाले समृद्ध र शान्त नगर निर्माणमा भौतिक पूर्वाधारहरु निर्माणसँगै अब प्रबद्र्धनात्मक कार्यहरु गरिने जानकारी दिए ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले खुदुनाबारीमा प्रहरी कार्यालय स्थापनाका बारेमा अवगत गराउँदै जनपथ, सशस्त्र प्रहरी निकायलाई सहयोग गर्ने निर्णय नगर कार्यपालिकाबाट हुने जानकारी गराए ।

वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतमले चाडपर्वमा सडक बत्ती र घरघरमा बत्ती बाल्दा संम्भावित घटना कम हुने धारणा राखे । यस्तै उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्लेले चाडपर्वको पूर्वसन्ध्यामा जनप्रतिनिधि र संघ–संस्थाको समन्वयमा बजार अनुगमन गरिनुपर्ने आवश्यकता दर्शाए ।

अर्जुनधारा प्रेस क्लबका सचिव प्रेम आचार्यले अर्जुनधारा नगरपालिकाले शान्ति सुरक्षा, सुसाशनमा अल्पकालिन र दीर्घकालिन नीति अबलम्बन गर्नुपर्ने सुझाव राखे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *