Sajhamanch Archive

एनएमसी चुलाचुली सेवाकेन्द्रद्वारा बृहत सरसफाई कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, समाज, सहकारी by .

शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि चुलाचुली सेवाकेन्द्रले मिती २०७८ माघ २९ गते शनिबारका दिन हाङसाङ माङहिम मन्दिर चुलाचुली–०१, हात्तिलेदामा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको असल संस्कार र समृद्धिका लागी एनएमसी भन्ने मुल नारालाई आत्मसाथ गर्दै यही मिती २०७८ फागुन १७ गते महाशिवरात्रीको दिन आयोजना हुन लागेको मेलालाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

चुलाचुली गाउँपालिका वडा नं १ का वडाध्यक्ष पुर्ण लावती (ध्रुव), चुलाचुली गाउँपालिका वडा नं ३ अध्यक्ष नर बहादुर लावती , मन्दिर व्यवस्थापन समिती अध्यक्ष दल शमसेर लावती , समाजसेवी राजेन्द्र केरुङ, सुवास आङथेपो , चुलाचुली कार्यालयगत उपसमिती संयोजक तिलक सिं फागो , चुलाचुली सेवाकेन्द्र प्रमुख हेमन्त नेपाल सहितको टोलिले यस क्षेत्रका सदस्यज्यूहरु ,राजनितीकर्मी, समाजसेवी, चुलाचुली सेवाकेन्द्र समिती पदाधिकारीज्यूहरु र कर्मचारीहरुलाई समेटेर बृहत सरसफाई कार्यक्रमको आयोजना गरेको थियो ।

एनएमसी परिवारले हाङसाङ माङहिम मन्दिरमा महाशिवरात्रीको मेलाको पुर्वाधमा सरसफाई कार्यक्रम आयोजना गरिदिएकोमा हाङसाङ माङहिम मन्दिर व्यवस्थापन समिती अध्यक्ष दल शमसेर लावतीज्यूले धन्यवाद व्यक्त गरे ।

यसैगरि चुलाचुली गाउँपालिका वडा नं ३ अध्यक्ष नर बहादुर लावतीज्यूले एनएमसी परिवारले हाम्रो गाउँपालिकाको सार्वजनिक स्थानमा प्रचार प्रसार सहितको सरसफाई कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै हामी पनि एनएमसीका यस्ता अभियानमा साथ दिन सधैँ तयार रहेको बताए ।
एनएमसीका विभिन्न अभियान मध्येको एक सरसफाई कार्यक्रमलाई यस क्षेत्रका सम्पुर्ण अग्रजहरुले साथ दिएर सफलता पुर्वक सम्पन्न गरिएकोमा चुलाचुली कार्यालयगत उपसमिती संयोजक तिलक सिं फागोज्यूले सम्पुर्णलाई धन्यवाद दिँदै आगामी दिनमा यस चुलाचुली क्षेत्रलाई केन्द्रित गर्दै अझै बढि सामुदायिक कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *