Sajhamanch Archive

आज पनि बस्दै छ कांँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, भातृ संस्था नेतृत्वको बारेमा निर्णय हुन सक्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेपाली कांँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) पनि बस्दै छ। यसअघि गएको शुक्रबार पनि कांँग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो।

आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो। शुक्रबार निर्णय नगरी बैठक स्थगित भएपछि आज पुनः बैठक बस्न लागेको हो।

कांँग्रेसमा नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका संस्थाले लामो समयदेखि अधिवेशन गर्न सकेका छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *