Sajhamanch Archive

विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायीले अन्तरक्रिया गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी संघ क्षेत्रीय माई पश्चिम क्षेत्रीय समिति झापाले मेची करिडोर स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

आगामी असोज ११ गते विहीवार दमक स्थित कस्मिक पाटी प्यालेसमा अन्तरक्रियाको आयोजना गर्ने पत्रकारमञ्च दमकको सभाहलमा एक कार्यक्रमका बीच जानकारी गराइएको हो । कार्यक्रममा मेची करिडोर अन्तरगत झापा, ईलाम, पाँचथर र ताप्लेजुङ्गमा होटल तथा पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरु विच अन्तरक्रिया हुने होटल व्यवसायी संघ क्षेत्रीय समिति माई पश्चिम झापाले जनाएको छ ।

कार्यक्रममा व्यवसायिक सम्बन्ध स्थापित गर्ने, अन्तरजिल्ला व्यापार प्रवर्धनका लागी छलफल गर्ने, स्थानिय तथा प्रदेश सरकारसँग सम्बन्ध तथा समन्वय विस्तार गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको होटल व्यवसायी संघ क्षेत्रीय समितीमाई पश्चिम झापाका अध्यक्ष राजन दंगालले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा विकृति र विसंगति भनेको के हो, अनुगमनको मापदण्ड तयार पार्ने, बेलुका कति बजे होटल बन्द गर्ने हो त्यसको मापदण्ड निर्धारण गर्ने, यौन जन्य गतिविधीलाई परिभाषित गर्ने र कस्तोलाई यौन जन्य गतिविधि हुने यसको वर्गिकरण गर्नु पर्ने, होटललाई उद्योग सरह ३ फेज विद्युत उपलब्ध गराइनु पर्ने, मेची करीडोरमा नयाँ पर्यटन क्षेत्रको पहिचान गर्ने लगायतका विषयमा समेत छलफल हुने संघका उपाध्यक्ष सुधिर प्रधानले जानकारी दिए ।

कार्यक्रममा स्थानिय ठाँउमा रहेका पर्यटन क्षेत्रको प्रवर्धनका साथै सम्भावित क्षेत्रको पहिचान गरि पर्यटन प्रवर्धनका लागी पहल गरिने छ । मेची करिडोरमा अहिले दुई हजार पाँच सयको हाराहारीमा होटल व्यवसायी रहेको भए पनि एक अर्का बीच समन्वय नहँुदा व्यवसाय सन्चालनमा समस्या भएको व्यवसायी बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *