कमल थापाले बनाए राप्रपा नेपाल, फागुन ७ गते घोषणासभा
Published:
by .काठमाडौं, राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल राप्रपा नेपालमा उनी अध्यक्ष बनेका हुन्।
‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ।
केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ, नेता थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, यस कार्यलाई सम्भव तुल्याई दिनुहुने तथा अन्तरिम र संक्रमणकालिन अवस्थामा राप्रपा नेपाललाई जीवन्त तुल्याई राख्न महत्वपूर्ण योगदान दिनु हुने राप्रपा नेपालका नेता लाक्पा तामाङप्रति म हार्दिक आभार व्यक्त गर्दछु।
२०६३ सालको राजनीतिक परिवर्तनपछि थापाले नै राप्रपा नेपाल गठन गरेका थिए। पछि राप्रपासँग एकीकरण गरिएको राप्रपा नेपालमा थापा अध्यक्ष बनेका थिए।
तर पार्टीको गत महाधिवेशनमा थापा अध्यक्षमा पराजित भएपछि नयाँ दलमा समाहित भएका हुन्। राप्रपा नेपालमा थापा नै अध्यक्ष बन्नेछन्।
राप्रपा नेपालले हिन्दूराष्ट्र, सुशासन र समृद्धिलाई मूल एजेन्डा बनाएको छ। राप्रपा नेपाल वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने थापाको उद्घोष छ। फागुन ७ गते काठमाडौंमा घोषणासभा गरिने थापाले जानकारी दिएका छन्।
Comments