Sajhamanch Archive

राणाविरुद्ध महाभियोग ल्याउनु गैर जिम्मेवारी : कमल थापा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठिक नभएको प्रतिक्रिया दिएका छन्।

न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाभियोग ठिक बाटो नभएको उनले बताएका हुन्।

प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद जोगाउने प्रपञ्चमा प्रन्या राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको विकृतिको नमुना हो।

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि थापाको उक्त अभिव्यक्ति आएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *