एमाले संसदीय दलको बैठक बस्दै
Published: (Updated: )
by .काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमालेले जनाएको छ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ। महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट एमालेले प्रतिवाद गर्ने तयारी गरेको छ।
Comments