Sajhamanch Archive

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस, प्रेम सम्बन्ध प्रगाढ बनाउने दिन

Published: in टिप्स/जानकारी, रोचक कुरा / टिप्स, विविधा, समाज, by .

काठमाडौँ, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमिल मनका लागि निकै महत्त्वपूर्ण मानिन्छ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन् ।

रोमबाट सुरु भएर पश्चिमी देशहरू फैलिएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै लोकप्रिय बन्दै गएको छ । प्रेमीरप्रेमिकालाई एक आपसमा प्रेम प्रस्ताव राख्दै “विल यु बी माई भ्यालेन्टाइन ?” भन्न धेरै जना १४ फेब्रुअरीलाई नै पर्खिइरहेका हुन्छन् ।

चेल्सी इन्टरनेसनलमा अध्यनरत सौगात मधिकर्मी यस दिनलाई माया गर्नेहरूको दिन हो भन्छन् । उनका अनुसार आफूले मन पराएका व्यक्ति पनि यही दिनको प्रतीक्षामा हुन्छ ।

सामान्य दिनभन्दा पनि भ्यालेन्टाइन डेमा अलि सचेत हुने भएकाले यस दिनमा माया साटासाट गर्न सजिलो हुन्छ । उनले आफूले माया गर्ने व्यक्तिलाई कति धेरै माया गर्छु भनेर ‘लभ एक्सप्रेस’ गर्ने मौका भ्यालेन्टइन डेमा नै पाइने धारणा व्यक्त गरे ।

नयाँ प्रेमिल जोडीको खोजी र प्रस्ताव राख्ने मात्र नभई विवाहितका लागि पनि प्रेम सम्बन्ध अरू प्रगाढ बनाउने दिन पनि यसलाई मानिन्छ । त्यसैले भर्खर विवाह बन्धनमा बाँधिएका बालाजुका सञ्जय कार्कीलाई फेब्रुअरी ७ देखि नै फुर्सद छैन ।

“भ्यालेन्टाइन सप्ताहको पहिलो दिनमा रोज डे भनेर रातो गुलाफ दिएँ”, उनले भने , “दोस्रो दिनमा प्रपोज डे, तेस्रो, चौथो, पाँचाँै, छैठौँ, क्रमशः चकलेट डे, टेडी डे, प्रमिस डेमा विभिन्न उपहार दिएर मेरी प्रेमिका अर्थात् श्रीमतीलाई खुुसी बनाउँदैछु ।

” भ्यालेन्टाइन डेमा चाहिँ नगरकोट जाने योजना रहेको उनले बताए । कार्कीले थपे, “यति नगरे श्रीमती रिसाउँछिन् । पश्चिमी संस्कृति भए पनि खुसीका लागि मान्नै परेको छ । ”

एक दशकयता अत्याधुनिक प्रविधिले नेपालमा भ्यालेन्टाइन डेको रौनक ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाफ र विभिन्न उपहार दिएर शुभकामना आदनप्रदान गरिन्छ भने टाढा भए इमेल र च्याट, मोबाइलबाट एसएमएस गरी पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।

प्रेम व्यक्त गर्न प्रयोग गरिने सामान खरिद गर्न यतिबेला साना–ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । खिचापोखरीस्थित आर्चिज गिफ्ट पसलका व्यापारी रूपा तामाङले वर्ष दिनमा सबैभन्दा बढी व्यापार भ्यालेन्टाइनमा हुने बताउँछन् ।

उनले यस अवसरमा रातो गुलाफ तथा ‘आई लभ यु’ लेखिएका विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, अत्तर, चकलेट जस्ता सामान बढी बिक्री हुने पनि जानकारी दिए ।

तामाङले युवापुस्ता धेरै आउने जानकारी दिँदै भने, “व्यापारीलाई त फाइदा नै हुन्छ तर युवापुस्ताले पश्चिमी संस्कृति अँगालेको भने मन परेको छैन । ” एक दिन मनाए पुग्ने ठाउँमा हप्तैभरि भ्यालेन्टाइन डे मनाउने राम्रो नभएको उनले भने ।

यसैगरी दरबारमार्गस्थित गिफ्ट पसलमा सामान खरिद गरिरहनुभएका कल्पना राजभण्डारीले प्रेम गर्ने शैली परिवर्तन भएको भन्दै आफ्नो प्रेमीले गिफ्ट दिएपछि आफूले पनि दिनु नै पर्ने बताउँछन् ।

“प्रेमको यो पर्व आफैँमा सुखद क्षण बनेर आउँछ तर यस दिनमा गरिने प्रेम प्रस्ताव सम्बन्ध र आकर्षण गराउने शैली शिष्ट हुनुपर्छ”, उनले भने ।

भ्यालेन्टाइन डेको सुरुवात इ।सं। २६९ मा रोमबाट सुरु भएको हो । नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थियो तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्ड दिएका थिए ।

झुन्ड्याइनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *