Sajhamanch Archive

स्थानीय तह निर्वाचनको आन्तरिक मार्गचित्र तयार

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by .

झापा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ ।

यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मत गणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ ।

स्थानीय तह निर्वाचन–२०७९ लाई व्यवस्थित गर्ने क्रममा आयोगले आइतबारबाट नियमित पत्रकार सम्मेलन पनि सुरु गरेको छ । हालका लागि सोमबार र बिहीबार नियमित र आवश्यकता अन्य दिन पनि पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने आयोगले जनाएको छ । सो पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको कार्यतालिका स्वीकृत गरेको जानकारी दिएको छ ।

आयोगले संविधान तथा कानुनमा भएको व्यवस्थाबमोजिम कार्यतालिका स्वीकृत गरिसकेपछि निर्वाचन कार्यक्रम घोषणा हुनेछ । भेटघाटमा सचिव गोकर्णमणि दुवाडीले आयोगको तयारीबारे सङ्क्षिप्त जानकारी गराएपछि प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्मको प्रगतिबारे जानकारी गराए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *