सभामुखले बोलाएको सर्वदलीय बैठक बिपक्षी एमालेले बहिस्कार गर्ने
Published:
by .काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वोदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ ।
सभामुख सापकोटाले सर्वदलीय बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने गरी आह्वान गरेका थिए।
तर, उक्त सर्वदलीय बैठकमा एमाले सहभागी नुहने भएको हो। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने बताएका छन्। सभामुखविरुद्ध आफ्नो असहमति रहेको समयमा उनैले बोलाएको बैठकमा सहभागी हुनुको कुनै तुक नरहेको तामाङले बताए।
Comments