सभामुखले बोलाएको सर्वदलीय बैठकले गर्यो संसद सुचारु गर्न सबैसँग पहल गर्ने निर्णय
Published:
by .काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनु भएको सर्वदलीय बैठकमा संसदलाई कसरी सुचारु बनाउने विषयमा छलफल भएको छ ।
बैठकमा संसदमा नागरिकका जीवनसँग जोडिएका कतिपय विधेयकहरु रहेको र कतिपय राष्ट्रिय महत्वका विषयमा समेत संसदमा छलफल गर्नु पर्ने भएकाले संसदलाई निरन्तर चलाउन विपक्षिहरुसँग छलफल गर्नु पर्ने कुरामा सहमागी नेताहरुले जोड दिनुभएको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले बताए ।
उनले भने, सबैका कुरा कुनै पूर्वाग्रह नराखी निश्पक्ष भएर सुनेको छु र सदनलाई सुचारु गर्न म हर प्रयत्न गर्ने छु भन्ने कुराको जानकारी गराएँ ।
उनले सबैका कुरा सुन्छु र सभामुख भएका नाताले म एम्पाएर हुँ मुख्य खेलाडी त दलहरू नै भएको बताए ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि उपस्थित भएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित थिएन् ।
Comments