प्रधानमन्त्री निवास बालुवाटारमा देउवा,दाहाल र नेपाल जुटे छलफल
Published:
by .काठमाडौं, सत्तारुढ तीन दलका शीर्ष नेताहरुबीच आज बिहान भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा कांँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो।
बैठक बिहान ८ बजे सुरु भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव, एमसीसी, अवरुद्ध संसद् र स्थानीय तहको निर्वाचनबारे छलफल भइरहेको बताइएको छ।
महाभियोगबारे छलफल गर्न कांँग्रेस संसदीय दलको बैठक पनि आज बस्दैछ। बैठक बिहान नौ बजे बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने बताइएको छ।
बैठकमा विशेष गरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन्।
संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ। भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने बुझिएको छ।
साथै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ। संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकालगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।
Comments