रहेनन घनघश्याको उकालो काट्दाका सर्जक तारानाथ शर्मा
Published:
by .काठमाडौं– लोकप्रिय साहित्यकार डा। तारानाथ शर्माको निधन भएको छ। नेपाली भाषामा झर्रोवादी पहिचान तथा आत्मपरक नियात्रा लेखनका लागि चर्चित शर्माको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो।
इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायत साथीभाइसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’ नेपाली साहित्यको आन्दोलनमा मानक मानिन्छ।
शर्माका ‘बेलायततिर बरालिँदा’, ‘पाताल प्रवास’ जस्ता यात्रापरक निबन्ध संग्रहका साथै नेपाली, अंग्रेजी, भाषा, व्याकरणसहितका १ सयभन्दा बढी पुस्तक प्रकाशित छन्।
शर्माले ‘बेलायततिर बरालिँदा’ निबन्ध संग्रहका लागि २०२६ सालमा मदन पुरस्कार पाएका थिए। माध्यमिक तहको पाठ्यक्रममा रहेको शर्माको ‘घनघश्याको उकालो काट्दा’ निबन्ध निकै चर्चित छ।
लामो समयदेखि डिमेन्सियाबाट ग्रसित शर्मा मुटु रोग, उच्च रक्तचाप, मधुमेहसमेतको स्वास्थ्य समस्या झेल्दै आएका थिए। शर्माको आजै अपराह्न पशुपति आर्यघाटमा अन्तिम संस्कार हुने भएको छ।
Comments