Sajhamanch Archive

खोप हराएको बिषयमा छानबिन गर्न गठित पाँच सदस्यीय छानबिन समितिले बुझायो प्रतिबेदन, प्रतिवेदन भोलि सार्वजनिक गर्ने

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य, by .

काठमाडौं, कोभिड–१९ विरुद्धको हराएको भनिएको २४ लाख खोप खोजी गर्न गठन गरेको छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

डा. गुणराज लोहनीको संयोजकत्वमा बनेको समितिले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रेस सल्लाहकार शान्ताराम विडारीले जानकारी दिए । बिडारीका अनुसार खोपको बारेमा छानबिन गरी स्वास्थ्यमन्त्रीलाई उक्त प्रतिवेदन बुझाइएको हो ।

उक्त प्रतिवेदन स्वास्थ्यमन्त्री खतिवडाले अध्ययन गरेपछि मात्र पत्रकार सम्मेलनमार्फत भोलि सार्वजनिक गरिने बताइएको छ । हराएको भनिएको २४ लाख खोपको खोजीका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम सदस्य र वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा सदस्य सचिवमा थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *