Sajhamanch Archive

७ हजार ९५ नमूनाको परीक्षण गर्दा ६८० जनामा कोरोना संक्रमण, २ जना कोरोना संक्रमितको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं– नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ७ हजार ९५ नमूनाको परीक्षण हुँदा मंगलबार ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा ४ हजार २५६ जनाको पीसीआर र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।

पीसीआर परीक्षणबाट ४९८ जनामा र एन्टिजेन परीक्षणबाट १८२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि १ हजार ८३५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *