Sajhamanch Archive

मन्त्री सरावगीलाई गृह नगरमा भव्य स्वागत

Published: in विविधा, समाज by .

भद्रपुर । नव नियुक्त प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीलाई भद्रपुरमा भव्य स्वागत सहित सम्मान गरिएको छ ।

मानव अधिकारका लागि महिला एकल महिला झापा सहित आधा दर्जन बढी संघ संस्थाहरूले मन्त्री सरावगीलाई गृहनगरमा भव्य स्वागत गर्दै सम्मान गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै मन्त्री सरावगीले आफू मन्त्री पदमा रहुञ्जेलसम्म प्रदेश नं १ का जनताको भवना अनुकुल कार्य सम्पादन गर्ने बताएका छन् ।

उनले ७७ वर्षे उमेर पारगर्दै गर्दा आफूले मन्त्रालयको अनुभव पाए पनि कार्य सम्पादनमा युवा जोस देखिने गरी काम गर्ने प्रतिबद्धता समेत वयक्त गरेका छन् । सरावगीले वि सं २०२१ सालदेखि सक्रिय राजनीतिमा रहेको अनुभव बताउँदैे अवसर कम र चुनौती थुप्रै सामना गर्नुपरेको प्रष्ट पारेका थिए । उनी आफूले जहिले पनि काम गर्दा जनताकै लागि गर्ने र जनताकै पक्षमा रहिरहने बचन दिँदै मन्त्री हुँदाको बेला काम गर्दा हुने कमीकमजोरीलाई देखाएर खबरदारी गर्न सवैसित आग्रह समेत गरेका छन् ।

एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा सेवानिवृत कर्मचारी समाज झापाका अध्यक्ष धनप्रसाद शिवाकोटीको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजका सचिव चेतनाथ भट्टराई , चन्द्रगढी सेवा समाज अध्यक्ष कमल अधिकारी , एबिसी झापा अध्यक्ष कन्चना ढकाल ,साना हातहरु नेपाल भद्रपुर शाखा अध्यक्ष जगत वाग्ले ,सतमिलन महिला समूह भद्रपुरकी अध्यक्ष यशोदा कोईराला लगायतले मन्त्री सरावगीलाई खादा र फुलमालाले सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *