Sajhamanch Archive

झापामा ठूलो परिमाणमा औषधि बरामद

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by .

बनियानी । झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणमा औषधि बरामद गरेको छ ।

कचनकवल–१ कुट्टिबाट रू आठ लाख ४१ हजार ३९७ बराबरको २२ प्रकारका औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

भारतबाट नेपालतर्फ मंगलबार राति ११ः३० बजे बोरा बोकर शंकास्पद अवस्थामा आउँदै गरेका दुई जना पुरुषले अस्थायी प्रहरी चौकी कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखेपछि बोरा छोडेर फरार भएको उहाँले बताउनुभयो । बोराहरु चेकजाँच गर्दा प्रहरीले विभिन्न प्रकारका औषधि रहेको फेला पारेको थियो ।

भन्सार छलेर अवैध रुपमा भित्र्याइँदै गरेको उक्त औषधि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

झापा अन्लाइनबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *