Sajhamanch Archive

अष्ट्रेलियाका ११ वटा शैक्षिक प्रतिष्ठान बिर्तामोड आउँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

झापा । उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय परामर्श एवम् सहजीकरण गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले यही असोज ११ गते बिर्तामोडमा एजुकेशन सेमिनार गर्ने भएको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज बिर्तामोड शाखाले आज पत्रकार सम्मेलन गरी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेज गरी ११ वटा शैक्षिक प्रतिष्ठानबाट विषयविज्ञहरु उपस्थित गराई सेमिनार गर्न लागिएको जनाएको हो ।

सेमिनारमा सहभागी हुने विद्यार्थीले अष्ट्रेलियाबाट आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरुबाट त्यहाँको वस्तुस्थिति, शैक्षिक गुणस्तरीयता, वातावरण, अध्ययन गर्न पाइने विषयजस्ता विविध पक्षमा प्रतक्ष्य कुराकानी गर्न पाउने व्यवस्था मिलाइएको एक्सपर्टका अविचन्द्र प्रसाईंले पत्रकार सम्मेलनमा बताए ।

सेमिनारमा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजका नेपा प्रमुख खेम संग्रौला, प्रमुख कार्यकारी अधिकृत संजीव शर्मा, कन्ट्री डाइरेक्टर शरदराज पाठक र इडिलेट डाइरेक्टर रुपक बर्तौलाको विशेष सहभागिता रहने बिर्तामोड शाखा प्रमुख कृष्ण खतिवडाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उपस्थित भएका एसबीआई बैंक बिर्तामोडका जीवन शिवाकोटीले अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र तिनका अभिभावकले बैंकिङ्ग प्रक्रिया बुझ्न सहज होस् भन्ने हेतुले सेमिनारस्थलमा नै स्टल राखेर परामर्श दिने व्यवस्था मिलाइएको जानकारी दिए ।

एक्सपर्टका शाखा प्रमुख खतिवडाले नेपालका विभिन्न १० स्थानमा यही विधिबाट सेमिनार आयोजना गरिएको बताउँदै हरेक शैक्षिक प्रतिष्ठानले आ–आफ्नै स्टल राख्ने भएकाले यस्तो कार्यक्रमलाई ‘फेयर’ कै रुपबाट सञ्चालन गरिने प्रष्ट पारे ।

बिर्तामोडको बुधबारे बजार छेउको होटल होलिडे होममा असोज ११ गते बिहान १०ः३० देखि २ बजेसम्म सेमिनार गरिने कार्यतालिका बनाइएको जनाइएको छ ।

अष्ट्रेलियाका विभिन्न १० वटा शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरु बिर्तामोडमा नै उपस्थित भएर इच्छुक विद्यार्थी र तिनका अभिभावकसँग प्रतक्ष्य सम्वाद गर्न पाउने अवसर सम्भवतः पहिलो पटक भएको जानकारी गराउँदै शाखा प्रमुख खतिवडाले यस्तो कार्यले काठमाडौं जानैपर्ने बाध्यतालाई अन्त्य गरिदिने अपेक्षा सुनाए ।

सेमिनारमा सहभागी हुन आउने विद्यार्थीमध्ये लक्की ड्रबाट छानिएका भाग्यशाली एकजनालाई स्मार्ट फोन प्रदान गरिने जनाइएको छ । सेमिनारमा ५०० हाराहारी विद्यार्थीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *