सतासीधाम जेसीजका पूर्व अध्यक्ष भट्टराईलाई नेपाल जेसीजले दियो, महत्वपूर्ण जिम्मेवारी
Published:
by .शिवसताक्षी । सतासीधाम जेसीजका पूर्व अध्यक्ष महेन्द्र भट्टराईलाई नेपाल जेसीजले महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ ।
नेपाल जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी सिनेटर लालमणि भण्रीले नेपाल जेसीजको योजना जेसीज भिलेजको नेशनल को–अडिनेटरमा मनोनित गरेका हुन् ।
सतासीधाम जेसीज बर्ष २०१८ का अध्यक्ष भट्टराई २०२० मा नेपाल जेसीजको एनजीओ÷आईएनजिओ को–अडिनेटरमा मनोनित भएका थिए ।
उनको कार्यकालमा सतासीधाम जेसीजले आफ्नो सामुदायिक कबड हल निर्माण गरेको थिए। राजनीति, समाजसेवी, संघ÷सस्थामा काम गर्न रुचाउने उनी बिकास प्रेमी नेतामा रुपमा पनि परिचित छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नगर अध्यक्ष समेत रहेका भट्टराई पछिल्लो समय राजनीतिक रुपमा प्रखर बक्ता र युवा नेताका रुपमा परिचित छन् ।
नेपाल जेसीजले योग्य ठानेर दिएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने र जेसीजलाई एक उचाई सम्म पु¥याउने पूर्व अध्यक्ष भट्टराईले बताए ।
Comments