सलमानसहित बलिउड कलाकार नेपाल आउँदै, मन्त्रालय भन्छ– पयर्टनमा टेवा पुग्ने अपेक्षा
Published:
by .काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । सलमानसहितका बलिउड सेलिब्रिटीहरू नेपाल आउन लागेका हुन् ।
उनीहरू आउँदो वैशाख ३ गते दशरथ रंगशालामा हुने सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाका सहसचिव सुरेश श्रेष्ठले जानकारी दिए ।
सलमानसहितका कलाकारहरूलाई नेपाल ल्याउन रकम भुक्तानी अनुमति दिन संस्कृति मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरिसकेको पनि उनले जानकारी दिए ।
पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आसमा मन्त्रालयले सहजीकरण गरेको उनी बताउँछन् । “पहिलो त हाम्रो जिम्मेवारी नै हो, सांस्कृतिक कार्यक्रमहरू मन्त्रालयले नै हेर्ने हो । सहजीकरण गर्ने र पर्यटन प्रवर्द्धन हुन्छ भनेर पनि दिएको हो” उनले भने, “हिजो बुधबार मन्त्रालयले राष्ट्र बैंठकलाई रकम भुक्तानीका लागि अनुमति दिन सिफारिसपत्र पठाएको हो । यसले ठप्प रहेको आन्तरिक र बाह्य दुवै पर्यटनमा टेवा पुग्छ कि भन्ने अनुमान हामीले गरेका हौँ ।”
बाह्रखरीबाट
Comments