Sajhamanch Archive

सत्ता गठबन्धन बैठक अघि एमसीसीबारे निर्णय लिन जुटे दाहाल – नेपाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा उभिएका सत्तारुढ दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी संसदमा लगिछाड्ने अडान लिएपछि सत्ता साझेदार दुई नेतामाथि दबाब परेको छ।

प्रमुख सत्तारुढ कांग्रेसले गठबन्धनमा सहमति नगरी एमसीसी संसदमा लगिएमा यी दुवै दलले सरकारबाट बाहिरिने बताइसकेका छन्।

दुवै नेता एमसीसी संशोधन गरी पास गर्नै नहुने पक्षमा छन्। माओवादी केन्द्रको बुधबार बिहानको बैठकले जबरजस्ती संसदमा एमसीसी लगिए सरकार छाड्ने निर्णय लिइसकेको छ।

यस्तोमा बिहीबार बिहान पनि दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच वार्ता भएको थियो। उक्त वार्तापछि गठबन्धनको बैठक बिहीबार अपरान्ह ५ बजे मात्रै बस्ने गरी डाकिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *