Sajhamanch Archive

साताको अन्तिम दिन सामान्य अंक घट्यो नेप्से, कारोबार रकम सवा २ अर्बमा सीमित

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं– साताको अन्तिम कारोबार दिन नेप्सेसँगै कारोबार पनि रकम घटेको छ। बिहीबार नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ।

यस दिन नेप्से १.९३ अंक घटेर २७३२.५२ विन्दूमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०२ अंक घटेको छ। नेप्सेसँगै बिहीबार कारोबार रकममा पनि कमी आएको छ।

आज २२७ कम्पनीको ३४ हजार ३४६ पटकको कारोबारमा २ अर्ब २७ करोड ८१ लाख ७३ हजार रुपैयाँ बराबरको ४० लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्यूचूअल फण्ड उपसमूहको परिसूचक बढेका छन् भने बाँकीको सूचक घटेका छन्।

कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन २२ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ भने हिमालयन डिष्टिलरी र नेपाल टेलिकमको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा आएको तेह्रथुम पावर कम्पनी र युनाइटेड इदी मार्दीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

आगामी दिनमा बजारले कुन गति लिने हो भन्ने निश्चित नभएका कारण लगानीकर्तामा उत्साह नदेखिएको जानकारहरु बताउँछन्।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *