Sajhamanch Archive

थपिने भए १३ स्थानीय तह, अब ७६६ हुने

Published: in विविधा, by .

काठमाडौं– सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव तयार गरेको छ।

बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव लैजाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए।

हाल ७५३ स्थानीय तह रहेका छन्। विज्ञहरुले स्थानीय तह घटाउनुपर्ने सुझाव दिइरहेको समयमा सरकारले भने थप गरेर ७६६ पुर्‍याउने भएको छ।

स्थानीय तह थप्नेबारे मन्त्री श्रेष्ठले गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग बिहीबार छलफल गरेका छन्।

बालानन्द पौडेल नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगले ७१९ वटा स्थानीय तह हुने सिफारिस गरेको थियो। तर २०७३ फागुनमा मन्त्रिपरिषद्ले सो संख्या ७४४ बनाउँदै कार्यान्वयनमा ल्याएको थियो।

२०७४ सालमा स्थानीय तहको स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भइसकेपछि मधेस केन्द्रित दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउन सरकारले २०७४ साउनमा मधेस प्रदेशमा ९ वटा स्थानीय तह थपेर समग्रमा ७५३ वटा स्थानीय तह बनाएको थियो।

सोही अनुसार अहिले ७५३ वटा स्थानीय तहमा सरकारहरु क्रियाशील छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *