गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, एमसीसी बारे छलफल हुने
Published:
by .काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ ।
यसअघि बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका थिए ।
बिहीबार राति करिब ९ बजे बालुकोट पुगेका प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेका थिए । तर, उनीहरुबीच भएको छलफलमा के भयो भन्ने विषय बाहिर आएको छैन् ।
त्यस्तै, आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ । प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन् ।
आजको बैठकमा प्रधानमन्त्री देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/७८ पेश गर्ने कार्यसूची मात्र तय गरिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।
Comments