टी-२० विश्वकप छनोटमा ओमानमाथि नेपालको ३९ रनको जीत
Published:
by .काठमाडौं, ब्याटिङ नचलेपनि घातक बलिङको साथ पाएको नेपालले आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा जीत हात पारेको छ।
शुक्रबार सम्पन्न खेलमा घरेलु टोलीलाई ३९ रनले पराजित गर्दै नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको हो। नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा ७८ रनमै समेटियो।
ओमानका लागि नसिम खुशी सर्वाधिक २४ रन बनाएर आउट भए। उनले १८ बलमा १ चौका र २ छक्का प्रहार गरे। तर, अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
ओमानका लागि जतिन्दर सिंह र अमिर कालिमले ९र९, खवार अलीले ७, कलिमुल्लाले ५, आयान खानले ३, कप्तान जिशान मकसुदले २ रन बनाउँदा काश्यप प्रजापती शून्य रनमा आउट भए।
नेपालका लागि कमलसिंह ऐरीले २ विकेट लिँदा कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २र२ विकेट लिए। यता, अविनास बोहोरा र जितेन्द्र मुखियाले समान १र१ विकेट लिए।
त्यसअघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएकोनेपालले निर्धारित २० ओभरमा ११७ रन बनाएको थियो। नेपालका लागि मध्यक्रमका आरिफ शेखले सर्वाधिक ३८ रन बनाउनुबाहेक अन्य खेलाडी भने क्रिजमा चल्न सकेनन्।
उनले ३८ बलमा २ चौका प्रहार गरे। यता, कप्तान सन्दीप लामिछानेले १६ रनको योगदान दिए। उनले ७ बलमा १ छक्का र १ चौका प्रहार गरे।
यस्तै, मध्यक्रमका युवा ब्याट्सम्यान लोकेश बमले १६ र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए। खराब सुरूआतका बाबजुद इनिङ्स सम्हाल्न आएका लोकेश बम १७ बलमा १ छक्कासहित १६ रन बनाएर क्याच आउट भए।
उनलाई खवार अलीले १३औं ओभरको दोस्रो बलमा कलिमुल्लाहबाट क्याच आउट गराए। यता, १५ बलमा २ चौका प्रहार गरेका मल्ललाई फयाज बटलले छैटौं ओभरको अन्तिम बलमा आउट गरे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएर आउट भए। १८ बलमा १ चौका प्रहार गरेका उनलाई ओमानका जिशान मकसुदले आठौं ओभरको तेस्रो बलमा अगाडि बढेर खेल्ने क्रममा आउट गरे।
अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। युवा ब्याट्सम्यान विवेक यादव १० बलमा ७ रन बनाउँदै आउट भए। उनलाई १५ औं ओभरको अन्तिम बलमा अवार अलिले नै फयाज बटबाट क्याच आउट गराएका थिए।
यता, नेपालले सातौं विकेटको रूपमा कमलसिंह ऐरीलाई १ रनमा गुमाएको थियो। उनलाई १७औं ओभरको दोस्रो बलमा खवार अलीले कश्याप प्रजापतिबाट क्याच आउट गराए।
त्यसअघि नेपालको ओपनिङ जोडी सस्तैमा समेटियो। ५ बल खेलेका आसिफ शेख १ चौका प्रहार गरेर आउट भए। ओमानका बिलाले पहिलो ओभरमै आसिफको विकेट लिएका थिए।
यता, दोस्रो विकेटको रूपमा कुशल भुर्तेलले विकेट गुमाएका थिए। ८ बलमा १ चौकासहित ५ रन बनाएका कुशललाई ओमानका बिलाल खानले धरापमा पारेका हुन।
ओमानका स्पिनर खवार अलीले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यता, बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फयाज बट र जिशान मकसुदले १–१ विकेट लिए।
Comments