टी २० विश्वकपको ग्लोबल छनोटमा नेपालले आज फिलिपिन्सको सामना गर्दै
Published:
by .काठमाडौं- टी २० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले दोस्रो खेल खेल्दैछ। ओमनको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले आज फिलिपिन्सको मैदानमा हुने खेलमा नेपालले फिलिपिन्सको सामना गर्न लागेको हो।
नेपालसहित ओमन र क्यानडा पनि भएको समूहमा फिलिपिन्स सबैभन्दा कमजोर टिम हो। त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ।
नेपालले पहिलो खेलमा ओमनलाई ३९ रनले हराइसकेको छ। ११८ रनको मध्य लक्ष्य प्रस्तुत गरेको नेपालले दोस्रो पारीमा सानदार बलिङ गर्दै ओमनलाई ७८ रनमा अलआउट गरेको थियो।
यता शुक्रबार नै सम्पन्न खेलमा क्यानडाले फिलिपिन्समाथि ११८ रनको सानदार जीत निकालेको छ।
पहिलो दिनमा जीत निकालेपछि क्यानडा तालिकाको शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। आज ओमनले क्यानडाको सामना गर्नेछ।
यो छनोट प्रतियोगितामा दुई समूह रहेका छन्। नेपाल रहेको समूह बी हो भने समूह ए मा यूएई, आयरल्यान्ड, जर्मनी र बहराइन रहेका छन्।
दुवै समूहका शीर्ष दुई टिमले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनलमा जित निकाल्ने टिम विश्वकपमा पुग्नेछ।
Comments