Sajhamanch Archive

एमसीसी संसद्‌मा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीले अमेरिकी अनुदान सहयतासम्बन्धी सम्झौता एमसीसीलाई संसद्‌मा टेबल गर्न दिने दिने निर्णय गरेको छ ।

नेकपा एकीकृत समाजवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर संसद्‌मा छलफलका लागि टेबल गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भएपछि एकीकृत समाजवादीले गठबन्धन जोगाउनका लागि उक्त निर्णय गरेको हो। यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसद्‌मा टेबल गर्न नदिने अडान लिएका थिए।

तर, प्रधानमन्त्री देउवाले एमसीसी अगाडि बढाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवाद सुरु गरेपछि एकीकृत समाजवादी लचक बनेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *